अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी


काठमाडौँ-काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो।

तारकेश्वर नगरपालिका-११ नेपालटारमा सुनिता बजगाईको कोठाबाट रु.दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु तीन लाख ७७ हजार र काठमाडौँ महानगरपालिका-१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप एक थान गरी करिब रु सात लाख ४० हजार बराबरको चोरी भएको छ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु चार लाख चार हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट रु.३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ। चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This