अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०७८ को जनगणनामा लिपुलेकका नेपाली पनि समेटिए : महानिर्देशक श्रेष्ठ

२०७८ को जनगणनामा लिपुलेकका नेपाली पनि समेटिए : महानिर्देशक श्रेष्ठ


काठमाडौं– केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले २०७८ को जनगणनामा लिपुलेकका नेपालीको पनि गणना भएको बताउनुभएको छ ।

केन्द्रीय तथ्याङक विभागले राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्क भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रममा महानिर्देशक श्रेष्ठले अप्रत्यक्ष माध्यमबाट लिपुलेकको जनगणना भएको उल्लेख गर्नुभयो । ‘फिजिकल्ली इन्टरभ्यू लिन सम्भव भएन, इन्डाइरेक्ट टेक्निक प्रयोग गरेर हेडकाउण्ट गरिएको छ,’ उहाँले भन्नुभयो ।

लिपुलेकका नेपालीको विस्तृत संख्या वडा तहको गणनापछि सार्वजनिक गरिने श्रेष्ठले जानकारी दिनुभयो ।