उदयपुर – उदयपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको डुबेर मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
दोलखा घर भई त्रियुगा नगरपालिका-७ मा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारीको मृत्यु भएको हो।
प्रहरीका अनुसार अधिकारी बिहीबार दिउँसो त्रियुगा खोलाको नहरमा खेल्दै थिए। अधिकारीकी आमाले पानीमा डुबेका छोरालाई अचेत अवस्थामा फेला पार्नुभएको थियो ।
घटनापछि अधिकारीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो।
प्रहरीले उनको उपचारको क्रममा मृत्यु भएको बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया