ललितपुर – ललितपुरको गोदावरी नगरपालिका-१२, धापाखेलमा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।
मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो । त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताउनुभयो ।
प्रतिक्रिया