अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा भारी हिमपात, हवाई र सडक यातायात प्रभावित

कर्णालीमा भारी हिमपात, हवाई र सडक यातायात प्रभावित


मुगु – कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाई र सडक यातायात प्रभावित भएको छ ।

मुगुस्थित रारा विमानस्थलमा हवार्इ उडान ठप्प भएको छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन् । हिजोदेखि बाक्लो हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेको छैन ।

तेस्रो पटक हिमपात भएको हो । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो ।