लुम्बिनी – लुम्बिनी प्रदेशमा एकैदिन आज तीन जनाको शव फेला परेको छ ।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–५ बलुहवास्थित मन्दिर अगाडिको पोखरीमा सोही वडाको महादेवटोल बस्ने ५५ वर्षीय छोटेलाल कुर्मीको आज शव फेला परेको हो । गत सोमबारदेखि घरबाट बेपत्ता भएका उनको पोखरीमा शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै बर्दियामा पनि एक महिला र एक पुरुषको शव फेला परको छ । जिल्लाको ठाकुरबाबा नगरपालिका–५ साईपुर बस्ने ४० वर्षीया फुलरानी थारु आफ्नै घर नजिकैको नालीमा मृत फेला परेकी हुन् ।
त्यसैगरी बर्दियाकै ठाकुरबाबा नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको बलातिस्थित प्रतिक्षालयमा हाल नाम, थर, ठेगना नखुलेका एक पुरुष आजै मृत परेको छ । घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया