अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारीद्वारा पुरस्कृत पत्रकारको नाम घोषणा (सूचीसहित)

प्रेस चौतारीद्वारा पुरस्कृत पत्रकारको नाम घोषणा (सूचीसहित)


काठमाडौं – प्रेस चौतारी नेपालबाट पुरस्कृत पत्रकारहरुको नाम घोषणा गरिएको छ।

काठमाडौंमा शनिबार भएको चौतारीको २४ औं स्थापना दिवसको कार्यक्रममा अध्यक्ष गणेश बस्नेतले पुरस्कृत पत्रकारको नाम घोषणा गर्नुभएको हो । चौतारीको आसन्न महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत पत्रकारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ।

कोभिड महामारीका कारण अघिल्लो वर्ष दिन नसकिएको पुरस्कारसमेत एकैपटक प्रदान गरिने भएको छ ।

प्रेस चौतारी नेपाल स्थापनाको २४औँ वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम गरेको छ।

आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकामा कोभिड-१९ को तेस्रो लहरका कारण स्थगन गरिएको थियो ।