अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस

भोलिदेखि जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस


काठमाडौं – कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भोलिदेखि निजी सवारी र ट्याक्सीमा रहेको जोर-विजोर प्रणाली हटाउन जिल्ला प्रशासन कार्यालयहरुलाई सिफारिस गरेको छ ।

आज बसेको सीसीएमसी बैठकले सोमबार (माघ २४) देखि जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरिएको सीसीएमसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि कोरोनाको जोखिमलाई देखाउँदै ट्याक्सी र निजी सवारी साधनमा जोर बिजोर लगाएको थियो । चौतर्फी आलोचना भएपछि सार्वजनिक सवारीसाधनमा कायम जोर बिजोर भने हटाइएको थियो ।