तेह्रथुम – प्रेस चौतारी दाङको अध्यक्षमा उमेश नेपाली चयन हुनुभएको छ ।
मंगलबार सम्पन्न अधिवेशनले उमेश नेपालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा तुलसीराम धमला, सावित्रा घोर्साने चयन भएका छन् । त्यस्तै सचिवमा विनोद भट्टराई, उपसचिवमा विकास गुरुङ र रञ्जना घतानी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा भीम भट्टराई सर्वसम्मत चयन हुनु भएको छ ।
अधिवेशन १३ सदस्य कमिटी चयन गर्दै जिल्ला सदरमुकाम म्याङ्लुङमा सम्पन्न भएको हो ।






प्रतिक्रिया