काठमाडौं – ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको आज शव भेटिएको छ । गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव आज गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।
भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया