अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक विदा

मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक विदा


जनकपुरधाम – मधेश प्रदेशले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ। जनयुद्ध दिवसको अवसरमा प्रदेशले पहिलो पटक बिदा दिन लागेको हो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहका अनुसार २०७८ फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको हो।

यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहतस्वरुप रु.१ लाख नगद दिने निर्णय गरेको छ।