अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ र युथ फोर्सद्वारा महँगी र मूल्यवृद्धि विरुद्ध प्रदर्शन (फोटोफिचर)

युवा संघ र युथ फोर्सद्वारा महँगी र मूल्यवृद्धि विरुद्ध प्रदर्शन (फोटोफिचर)

स्कुटीको मूल्य प्रतिकेजी २५ रुपैयाँ !


काठमाडौं – नेकपा एमालेनिकट युवा संघ र युथ फोर्सले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ  । राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धनविरुद्ध निरन्तर प्रदर्शन गरिरहेको छ।

पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् ।

युवा संघ र युथ फोर्सले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन् । मुल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको बताएका छन् ।

पछिल्लो समय पेट्रोलियम पदार्थसहितमा भएको मूल्य वृद्धिविरुद्ध युवा संघ अनौठो शैलीमा प्रदर्शन गरिरहेको हो।

युवा संघ र युथ फोर्सले त्यसक्रममा सभामुख अग्नि सापकोटा, संस्कृति मन्त्री प्रेम आलेसहितविरुद्ध चर्का नाराबाजी पनि गरेको छ।

युवा संघ र युथ फोर्सले पेट्रोलभन्दा सस्तो भन्दै प्रदर्शनमा राखेको स्कुटर प्रतिकेजी २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ विक्री मूल्य तोकेको थियो।