अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर

सिन्धुपाल्चोकमा बस दुर्घटना : १२ जना घाइते, तीनको अवस्था गम्भीर


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा यात्रुवाहाक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको  हेलम्बु यातायातको बा२ख ६५८८ नम्बरको बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो ।

दुर्घटना १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते भएका तीन जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ । अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको छ