अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने

तीन वर्षभित्र बर्दिबासका सबै किसानको घरमा उन्नत जातको भैँसी हुने


महोत्तरी – बर्दिबास नगरपालिकाले नगरभित्रका सबै किसानहरूलाई उन्नत जातको भैँसी पालन गर्न प्रोत्साहन गर्ने भएको छ ।

दूध बढी उत्पादन गरी किसानहरूको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले नगरपालिकाले भारतको हरियानावाट मुरा जातको ११ वटा राँगा ल्याउने तयारी गरेको छ ।

नगरप्रमुख विदुर कार्कीका अनुसार न्युनतम दुईदेखि १० लाखसम्मका ११ वटा राँगा छानेर स्वस्थ परीक्षण गर्न पशुस्वास्थ्यलाई निर्देशन दिइसकेको छ ।

मुरा उन्नत जातको भैँसी हो । यो जातको भैसीले १७ लिटरसम्म दूध दिन सक्ने र कम मेहनतबाटै  प्रसस्त आम्दानी लिन सकिने नगरप्रमुख कार्कीको भनाइ छ ।

प्रत्येक वडामा एक ब्रिडिङ सेन्टर  स्थपना गरेर हरेमा राँगा राखिने नगरपालिकाको तयारी छ ।

कम उमेरमा नै प्रजनन् क्षमता भएकाले अबको तीन वर्षभित्र नगरभित्रका सबै किसानको गोठमा यो जातको भैँसी हुने नगरपालिकाको आशा छ ।

भारतको हरियानाका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँ राँगा तथा भैँसीको मूल्य समेत निक्कै महँगो छ ।