काठमाडौं – चर्चित अभिनेता एवं मोडल पल शाहलाई ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत तनहुँले पहिलोपटक ७ दिनको म्याद दिएको हो। चार दिनअघि नाबालिग एक गायिकाले पल शाहलाईविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो। उहाँले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उहाँ फरार रहेका थिए । तर, उहाँले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया