अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवरात्रिको लागि यस्तो छ ट्राफिक व्यवस्थापनको तयारी

शिवरात्रिको लागि यस्तो छ ट्राफिक व्यवस्थापनको तयारी


काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले भोलि १७ गते परेको शिवरात्रिका लागि ट्राफिक व्यवस्थापनको तयारी गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी सबै तयारी पूरा गरेको हो । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाको भनाइ छ।

गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरु समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सिफल चौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमालकोट, तीलगंगा करिडोर, महानगरीय प्रहरी वृत्त गौशाला (सुरक्षा निकाय) मा पार्किङ गर्न पाइनेछ ।

पशुपतिनाथ परिसरमा लाखौँ भक्तजन उपस्थित हुने भएकाले शिवरात्रिका दिन गौशाला, बत्तीसपुतली, मित्रपार्क, जयवागीश्वरी, गौरीघाटमा सवारीसाधन निषेधित क्षेत्र रहनेछन्।

सेतोपुल, कालोपुलबाट ठूला सवारीसाधन प्रवेशै गर्न पाउने छैनन्।