अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक

बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक


नेपालगञ्ज – बागेश्वरी मन्दिरमा महाशिवरात्रिको अवसरमा आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी महाशिवरात्री पर्व मनाइएको छ ।

हिन्दू धर्मावलम्बीहरूले नेपालकै एक मात्र खडेश्वर जुँगे महादेवको मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरि महाशिवरात्री मनाएका हुन् ।

आज बिहानैदेखि शिव भगवानप्रति आस्था राख्ने भक्तहरूले शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिव भगवानको पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने विश्वासले खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न छिमेकी मूलुक भारतलगायत विभिन्न जिल्लाबाट आई पूजापाठ गर्नेहरूको भिड छ ।