अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति सरिक  (फोटो फिचर)

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति सरिक  (फोटो फिचर)


काठमाडौं – नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस’ मनाएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुनुहुन्थ्यो ।

सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धाञ्ललि अर्पण गर्नु भएको थियो । नेपाली सेनाको सम्मान गारतले राष्ट्रपतिलाई सलामी अर्पण गरेको थियो ।

सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा हेलिकप्टरद्वारा नेपालको राष्ट्रिय झण्डा र ‘महाशिवरात्री तथा सेना दिवस –२०७८’ लेखिएको व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिएको थियो ।

टुँडिखेलमा सेनाले राईफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरेको थियो ।

टुँडिखेलमा विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन, शान्ति कार्य, प्रकृति संरक्षण, आर्टिलरी, कम्व्याट इन्जिनियर्स, सैनिक सञ्चार तथा हवाई सुरक्षा सम्बन्धी विभिन्न हात/हतियार, भेहिकल तथा उपकरण र विभिन्न संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो ।

समारोहमा राष्ट्रपतिले ‘सिपाही बार्षिक–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाल आर्मी’ नामक पुस्तकको विमोचन गर्नुभयो ।

‘महाशिवरात्री तथा सेना दिवस–२०७८’ को अवसरमा बहालवाला रथी ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना, अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र गैह्र सैनिक ४३ जना गरि जम्मा ७१५ जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको थियो ।