अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत

ललितपुरमा ९ वर्षीया बालिका र झापामा १५ वर्षीया किशोरी बलात्कृत


काठमाडौं – ललितपुरमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थोकरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुर नगरपालिका–४ करेला चोक बस्ने १९ वर्षीय रमेश लिम्बुलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।