बर्दिबास – बर्दिबास शसस्त्र प्रहरीले बाराको सिम्रौनगडबाट रु.३ लाख नक्कली नोटसहित पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दीवासले जनाए अनुसार भारतीय सिमा क्षेत्रबाट नहरतर्फ आउँदै गरेको लु ७८ प २३९७ नम्बरको मोटरसाइकलमा आइरहेका बिरेन्द्र महतोका साथबाट १ हजारको नोट ३ लाख १ हजार र अन्य १ हजार ५ सयसहित पक्राउ गरिएको बाहिनीपति गणेश ठाडा मगरले जानकारी दिनुभयो । महतो धनुषा जिल्ला छिरेश्वरनाथ ६ का बासिन्दा हुन् ।
विशेष सुचनाका आधारमा शसस्त्र प्रहरीले जाँच गर्दा उक्त रकम फेला परेको हो । शसस्त्र प्रहरीले मोटरसाइल सहित यादवलाई सिमा सुरक्षा बल गोलागञ्जमा ल्याइ थप कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
प्रतिक्रिया