विराटनगर – विराटनगर सँगै जोडिएको कोसी राजमार्ग अन्तर्गत बुढीगङ्गामा शंकास्पद वस्तु फेला परेको छ।
बिहीबार साँझ मोरङको बुढीगङ्गा गाउँपालिका-३ खण्डमा शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद बस्तु बम भए/नभएको यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।
जिसीका अनुसार बिहीबार बेलुका प्रिमियर वायर्स उद्योग अगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो ।
प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा बाक्लो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको प्रहरी उपरिक्षक जिसीले बताउनुयभो ।







प्रतिक्रिया