सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सहचालक महोत्तरी बर्दिबास-६ का १८ वर्षीय रोहित आले मगरको घटनास्थल मै मृत्यु भएको हो ।
निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा २ क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब १०० मिटर तल खसेको बस्नेतले बताउनु भयो ।
चालक बाँके राप्तीसोनारी-४ का २२ वर्षिय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया