अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्कुटीको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

स्कुटीको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु


ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ .

पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको थियो।

स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

बालिका रौतहट घर भई ललितपुरको बालकुमारीमा परिवारसँग बस्दै आएकी थिइन्।

बालिकालाई ठक्कर दिएर फरार भएको स्कुटर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।