अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

​मिर्गौला तस्करीको आरोपमा एकजना पक्राउ

​मिर्गौला तस्करीको आरोपमा एकजना पक्राउ


काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् ।

प्रहरीकाअनुसार लामाले प्रलोभनमै पारेर मिर्गौला झिक्नका लागि भारत लैजान काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक होटलमा दुईजनालाई राखेको पाइएको छ । लामाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई ‘एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ’ भनी प्रलोभन देखाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले दुईजना पीडितको उद्धारसमेत गरेको छ ।

प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितको उद्धार पनि गरेको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको समय मागेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।