अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारी दिवसबारे महिलाहरू नै अनभिज्ञ

नारी दिवसबारे महिलाहरू नै अनभिज्ञ


सप्तरी – ‘सामाजिक न्याय र लैङ्गिक समानता स् दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नाराका साथ यस वर्ष ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला नारी दिवस मनाइँदै छ । नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको दशकौं भयो । महिलाको अधिकार, महिला अधिकार रक्षा र महिलाले आफ्नो समस्या राख्ने र अधिकार माग्ने थालेको रूपमा महिला दिवस मनाइँदै आए पनि ग्रामीण भेगका महिला यसबाट अनभिज्ञ छन्।

सप्तरी छिन्नमस्ता गाउँपालिका ललापट्टीकी ८० वर्षिया फुलिया देवी यादवले महिला दिवसको विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘गाउँमा यस विषयमा कुरा गरेर हामीलाई जानकारी गराए पो थाहा हुन्छ । सधैं चुलाचौका र खेतीपातीको काममा व्यस्त हुँदाहुँदै जीवन सकिन लागेको छ।’

राजविराज नगरपालिका-१ का ७८ वर्षीया दल्लु देवी यादवले छोरालाई मात्र नभएर छोरीलाई पनि शिक्षा दिएर आत्मनिर्भर बनाइसक्नु भएको छ । गाउँमा बालिका शिक्षाको महत्त्व तथा बालविवाह न्यूनिकरणका लागि वकालत गर्दै आए पनि महिला दिवसको विषयमा अनभिज्ञ रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘झम एक अक्षर पनि पढेको छैन । कसैले कुनै विषयमा जानकारी दिएपछि बुझ्न र सिक्न तत्पर रहन्छु । तर महिलाका लागि महिला दिवस पनि हुन्छ भन्ने आज सुन्दैछु । यो मेरा लागि नयाँ विषय हो।’

सोही ठाउँकी ६० वर्षीया जलेश्वरी देवी खंगले भन्नुभयो, ‘झमहिला दिवसको विषयमा जानकारी नहुनु दुस्खद् भए पनि यसमा महिलाहरूको दोष देख्दिन ।’ यस गाउँमा विभिन्न कार्यक्रमको आयोजना हुँदै आए पनि महिला दिवसको विषयमा कहिल्यै कुनै कार्यक्रम भएको थाहा नभएको उहाँले बताउनु भयो ।

महिला दिवस मनाएको धेरै वर्ष भएपनि सहरमुखी भएकोले ग्रामीण महिलालाई यस विषयमा जानकारी नहुनु स्वाभाविक रहेको समाजसेवी करूणा झाले बताउनुभयो ।

हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिएको छ । यस वर्ष आउँदो मंगलबार परेको छ ।