अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा र सिरहामा दुई जना किशोरी बलात्कृत

झापामा र सिरहामा दुई जना किशोरी बलात्कृत


काठमाडौं – झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका–२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ ।

खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, सिरहामा आफ्नै बाबुबाट १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका–१२ कुशमाहा बस्ने ३२ वर्षीय पुरुषलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

घरमा कोही नभएको अवस्थामा ती पुरुषले आफ्नै छोरीलाई बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।