काठमाडौं । पल शाह प्रकरणमा पीडित नाबालिगकाको नामसँग जोडिएको अश्लिल तस्बिर र स्टाटस लेख्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले ललितपुर महानगरपालिका–२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए । हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्यूरोको भनाइ छ । अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया