अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया एमालेमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली रंगेली आउँदै

रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया एमालेमा, पार्टी प्रवेश गराउन अध्यक्ष ओली रंगेली आउँदै


विराटनगर– मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने हुनुभएको छ ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित बगडिया बुधबार एमाले प्रवेश गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओली रंगेलीमै आएर उहाँसहितका जनप्रतिनिधिलाई एमालेमा स्वागत गर्दै हुनुहुन्छ ।

नेकपाको एकता टुटेपछि बगडिया एमालेसँग नजिकिनुभएको थियो । माओवादी केन्द्रका बैठक छल्दै आएका उहाँलाई माओवादीले स्पष्टीकरण सोधेको थियो। तर, उहाँले आफू पार्टीमा प्रतिबद्ध रहेको जवाफ दिनुभएको थियो।

स्थानीय तहको कार्यकाल सकिएर अर्को चुनाव घोषणा भएपछि उहाँले एमाले प्रवेश गर्ने सार्वजनिक घोषणा गर्नुभएको थियो ।

बगडिया माओवादी केन्द्रबाट निर्वाचित हुने एकमात्र पालिका प्रमुख हुनुहुन्थ्यो ।