अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी प्रदेश कमिटीले पूर्णता पायो

माओवादी प्रदेश कमिटीले पूर्णता पायो


सुर्खेत – प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारी चयन गर्दै पूर्णता पाएको हो ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले बताउनु भयो ।

प्रदेश अध्यक्षमा विमला विमला केसी यस अघि नै भएन भइसकेको थियो ।

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् ।