अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सकियो लोकबाजा प्रशिक्षण

सकियो लोकबाजा प्रशिक्षण


काठमाडौं – प्रदेश १ स्तरीय मौलिक लोकबाजा साकेला ढोल र मादलको १० दिने प्रशिक्षण सुनसरी धरानमा सम्पन्न भएको छ । कार्यक्रम फागुन २० बाट सुरु भएको थियो ।

विभिन्न १० जिल्लाबाट आएका ३० जना प्रशिक्षार्थीलाई प्रशिक्षक भरत बुढाथोकी, दीपेश राईले मादल तथा साकेला ढोलको प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा प्रशिक्षण कार्यक्रम संयोजक प्राज्ञ अशोक राई सभापति तथा सदस्य सचिव प्राज्ञ श्याम तमोटको प्रमुख अतिथि थिए।

प्राज्ञ श्याम तमोटले शिक्षा मन्त्रालयसँग समन्वय गरी प्रतिष्ठानले तयार पारेको मौलिक लोकबाजा पाठ्यपुस्तकअनुसार स्कुलस्तरमा प्रशिक्षण गराउन पहल गर्ने बताउनु भयो । प्राज्ञ अशोक राईले प्रशस्त व्यावसायिक मौलिक लोकबाजा वादवादक उत्पादन गर्ने उद्देश्यका साथ प्रशिक्षण अभियान थालिएको बताउनु भयो ।

प्रशिक्षण कार्यक्रम धरानस्थित मुनाल सांस्कृतिक केन्द्र र रोयल डान्स एकेडेमीमा सञ्चालन भएको थियो। अब २२ चैतबाट विशेषतः थारु समुदायलाई लक्षित गरि दाङमा लुम्बिनी प्रदेशस्तरीय थारु मादल प्रशिक्षण गराईने प्राज्ञ राईले जानकारी दिनु भयो ।