अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिख समुदाय वैशाखी पर्वको तयारीमा जुटे

सिख समुदाय वैशाखी पर्वको तयारीमा जुटे


राँझा – बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन् ।

विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धूमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताउनुभयो । उहाँका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभा यात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइने छ ।

“वैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भव्यताका साथ मनाउने गरेका छौँ । यस वर्ष पनि मनाउँछौँ”, सभाका प्रधान सरदारले भन्नुभयो । बाँकेमा करिब सात हजार आसपासमा सिख छन् । बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपूर्वा, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुना र जानकी गाउँपालिकाको वडा नं २ वनकटवामा सिख समुदाय छरिएर रहेका छन् । नेपालमा २५ हजारभन्दा बढी सिख छन् ।

आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्व मनाउने गरिएको गुरुद्वारागुरु नानकसिंह सभाका प्रधान सरदारले बताउनुभयो ।