झापा – झापाको गौरादह नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा हुन् । घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ।
झापामा दिउँसो असिना पानीसँगै हुण्डरी र चट्याङ परेको थियो। शिवसताक्षी नगरपालिकामा हुण्डरीले ८ वटा घरको छाना उडाएको छ।
वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी, वीरे राजवंशी, पवन राजवंशी लगायतको फुसको घर हावाले उडाएको हो। पवन राजवंशीका अनुसार अन्नपात भिजेर नष्ट भएको छ।







प्रतिक्रिया