अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘स्रष्टा चैत्र ३०’ सम्मान अधिकारी र पोखरेललाई

‘स्रष्टा चैत्र ३०’ सम्मान अधिकारी र पोखरेललाई


काठमाडौँ – लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरणका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान साहित्यकार वासुदेव अधिकारी र विवश पोखरेललाई दिने भएको भएको छ । उहाँहरूले सिर्जना र कर्मका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र परिवर्तनलाई संस्थागत गर्न खबरदारीसहित रचनात्मकरुपमा निर्वाह गरेको भूमिको कदर गर्दै सम्मान गर्न लागिएको सो संस्थाका अध्यक्ष मनोज न्यौपानले जानकारी दिनुभयो ।

सो सम्मान हरेक चैत ३० गते प्रदान गरिन्छ । गतवर्ष घोषित शार्दूल भट्टराई र कृष्ण धारावासीलाई पनि यसैवर्ष सम्मान प्रदान गरिनेछ । स्रष्टा छनोटका लागि अध्यक्ष न्यौपानेको संयोजकत्वमा संस्थापक अध्यक्ष आरएम डङ्गोल र उपाध्यक्ष प्रकाश सिलवालसम्मिलित समिति गठन गरिएको थियो ।

 लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरुकुल (आरोहण) बाट स्रष्टाहरुले कफ्र्यु तोडेर निकालेको जुलुश पुरानो बानेश्वर पुग्दा तत्कालीन सरकारले दमन गरेको दिनलाई स्रष्टाहरूले स्मरण गर्दै आएका छन् ।

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, वैरागी काइँला, डा तुल्सी भट्टराई, निनु चापागाईं, किरण मानन्धर, देशभक्त खनाल, डा. बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, श्याम तमोट, नन्दकृष्ण जोशी, डा अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, रामविनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी सम्मानित भइसक्नुभएको छ ।