बझाङ – बझाङको छबिसपाथीभेरा गाउँपालिका-१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन् ।
आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय टिर तल सेती नदीमा खसेको थियो । जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ ।







प्रतिक्रिया