दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमककी उपमेयर गीता अधिकारीले पदबाट राजिनामा दिनुभएको छ ।
उपमेयर अधिकारीले नगरप्रमुख रोमनाथ ओलीलाई सम्बोधन गर्दै ‘आसन्न स्थान्ीय तहको निर्वाचनमा उम्मेद्वार हुने निर्णय गरेकोले’ भन्ने व्योहोर उल्लेख गर्नुभएको छ । तर कुन पदमा उम्मेद्वार बन्ने भन्ने खुलाउनु भएको छैन ।
उपमेयर अधिकारी सहित प्रदेश कमिटी सदस्यहरु होमबहादुर थापा र अम्बिका खनाललाई स्थानीय पार्टी कमिटीले मेयर पदका लागि सिफारिस गरेको छ ।
प्रतिक्रिया