अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेद्वारको दाबी विरोधको उजुरी आज

उम्मेद्वारको दाबी विरोधको उजुरी आज


काठमाडौ -स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन ।
तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ १४ र १५ वैशाखमा गर्नेछ । ​जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।