विराटनगर – नेकपा एमाले मोरङले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचन प्रचार अभियानलाई जिल्लाका १७ वटै पालिकामा तीब्र बनाएको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, पालिका–पालिकमा एमालेको सरकार’ भन्ने मूल नाराका साथ प्रचार अभियानमा जुटेका एमाले उम्मेदवारहरू यतिबेला मतदातामाझ पुगिरहेका छन् ।
यसै सन्दर्भमा विराटनगरका मेयर र उपमेयरका प्रत्यासी सागर थापा र शील्पा कार्कीले महानगरका ३ र ११ वडामा आयोजित ‘घरदैलो’ कार्यक्रममा सहभागी हुनुभयो । घरदैलो गर्ने सन्दर्भमा एमालेप्रति जनताको अपार स्नेह रहेको बताउँदै मेयरका उम्मेद्वार थापाले नगरपालिकाले प्रदान गर्नुपर्ने आधारभूत तहकै सेवा सुविधा पाउन नसकिरहेको जनगुनासो गरेको बताउनुभयो ।
थापाले वडा नं. ११ स्थित उदयमार्गका डुवानपीडित जनताले उठाएका समस्याहरूको सुनुवाई गर्दै आफूले महानगरको नेत्रृत्व प्राप्त गरेपछि ती समस्याको उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । स्मरणीय छ, सो ठाउँका स्थानीयवासी तथा डुवान विस्थापितहरू व्यानर टाँगेरै समस्या समाधानको प्रतिवद्धता खोजिरहेका छन् ।
वडा नं. ३ र ११ का विभिन्न ठाउँका जनताका गुनासोहरू सुन्दै मेयर तथा उपमेयरका उमेद्वाहरूले वडा नं. १५ का विभिन्न टोलको घरदैलोमा जनताका भावनाहरू बुझ्दै आपूmहरूलाई मतदानका लागि आह्वान गर्नुभयो । मेयरका उमेद्वार थापाले आजै विराटनगर १५ मा सम्पर्क कार्यालयको शुभारम्भ गर्नुभयो ।
उपमेयरका उमेद्वार शील्पा कार्की समेतको सहभागितामा भएको घरदैलो कार्यक्रममा जनताको उत्साहजनक सहभागिता रहेको थियो । उमेद्वारहरूले सुशासन, समृद्धि, विकास निर्माण लगायतका शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी लागयत क्षेत्रमा क्षेत्रगत आवश्यकताका आधारमा सन्तुलित विकास गर्ने प्रतिवद्धता प्रकट गर्नुभयो ।
त्यसैगरी महानगरपालिकाका सबैवडामा चुनावी प्रचार अभियान सघनरुपमा सञ्चालन भइरहेको छ । कतिपय वडामा आज विहान आएको वर्षाद्का कारण केही समय प्रचार कार्यक्रम रोकिए पनि दिउँसोबाट सुचारु भएको जनाइएको छ । जनताको उत्साहजनक सहभागितामा भइरहेको घरदैलो कार्यक्रमका सहभागीहरूलाई जनताको सकारात्मक प्रतिक्रिया रहेको वडा नं. १.का पार्टी अध्यक्ष लोकवहादुर बस्नेतले जानकारी दिनुभयो । आज धर्मशाला र सुनामी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैगरी वडा नं. ४ का अध्यक्ष जीतन थापाका अनुसार वडामा पार्टीको प्रचार अभियान सम्पन्न भएको छ । कूल १०७५१ मतदाता रहेको सो वडामा एमालेको अवस्था उत्साहजन रहेको प्रतिक्रिया दिनुभयो । वडा नं. ५ मा पनि घरदैलो कार्यक्रम तीव्रताका साथ भइरहेको छ । पार्टी वडाध्यक्ष सुनिलकुमार श्रेष्ठका अनुसार वृहत् जनसहभागितमा घरदैलो कार्यक्रम जारी रहेको छ ।
वडा नं. ६ का वडाध्यक्ष दिनेश कामतका अनुसार प्रचार अभियान सञ्चालन भइहरेको छ । कोणसभाको तयारी भइरहेको छ । यस अघि अन्यपार्टीको पकड रहेको आफ्नो वडामा यस पटक नेकपा एमाले पहिलो पार्टी हुने दावी कामतले गर्नुभयो । त्यस वडामा मतदाता सङ्ख्या १०५०६ रहेको छ ।
वडा नं. ७ मा पनि एमालेको चुनावी अभियान तीब्ररुपमा भइरहेको छ । सोमवार सरस्वतीटोल, मालअड्डा लगायतका क्षेत्रमा घरदैलो सम्पन्न भएको छ । भोलिबाट बाजार क्षेत्र प्रवेश गर्न योजना रहेको पार्टी अध्यक्ष मनोज पौड्यालले जानकारी दिनुभयो । यस वडामा ५१३२ मतदाता रहेका छन् ।
उता वडा नं. ८ मा पनि घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कूल ८००८ मतदाता रहेको यस वडामा एमालेप्रति जनताको उत्साहजनक समर्थन भएकाले यसपटक निर्वाचन जित्ने कुरामा वडाअध्यक्षका उमेद्वा राम पोखरेलको दावी रहेको छ । यस वडाका जनताले बाटो निर्माणको अपेक्षालाई प्राथमिकतामा राखेकोले एमालेले जितेपछि उचित सम्वोधन हुने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया