अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३० गते सबै आन्तरिक उडान बन्द हुने

३० गते सबै आन्तरिक उडान बन्द हुने


काठमाडौं – वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।