अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिङ्देनको गाउँबाट दुर्गा प्रसाईंले गर्नुभयो साङ्लोमा बाँधिएका बस्नेतको १० वर्षपछि उद्दार

लिङ्देनको गाउँबाट दुर्गा प्रसाईंले गर्नुभयो साङ्लोमा बाँधिएका बस्नेतको १० वर्षपछि उद्दार


बिर्तामोड– एमाले केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले साङ्लोमा बाँधिएका युवकको १० वर्षपछि उद्दार गर्नुभएको छ ।

झापाको हल्दीबारी गोल्धापका २८ वर्षीय केशव बस्नेतको आइतबार निवासमै गएर उद्दार गर्नुभएको हो ।

प्रसाईंले गत वर्ष पनि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका एक मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गर्दै बीएन्डसी अस्पतालमा निःशुल्क उपचार गर्नुभएको थियो ।

गोल्धाप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँ हो ।