अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको मृत्यु


ताप्लेजुङ – कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेका छन् । आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिनुभयो ।

उनी पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ । ‘हाम्रो ६ जना शेर्पाको टोली खटिएको छ । मौसमले साथ दिए तीन दिनभित्रमै तल ल्याइसक्छौं,’ उहाँले भन्नुभयो ।

८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए । त्यसमध्ये ६ जनाले सफल आरोहण गरिसकेका छन् ।