काठमाडौं – आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ । सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १२९ दिन छुट्टी मनाउन पाइने भएको छ ।
सरकारले राजपत्रमा प्रकाशन गरेको बिदाअनुसार यस वर्ष ९१ दिन त सार्वजनिक बिदा रहेको छ । यसमाथि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएपछि छुट्टीको दिन बढेको छ । ३६५ दिनमध्ये यस वर्ष ४४ दिन आइतबार परेको छ ।
सार्वजनिक बिदा परेको दिन घटाउँदा यसवर्ष ४८ दिन शनिबारको बिदा हुनेछ । सार्वजनिक बिदा परेको दिन घटाउँदा ४४ दिन आइतबारको बिदा र थप ३७ दिन सार्वजनिक बिदा हुनेछ ।







प्रतिक्रिया