अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाको चौवीसे गाउँपालिकामा एमालेका र साँघुरीगढीमा काँग्रेसका जितेन्द्र राई निर्वाचित

धनकुटाको चौवीसे गाउँपालिकामा एमालेका र साँघुरीगढीमा काँग्रेसका जितेन्द्र राई निर्वाचित


धनकुटा- धनकुटाको चौबिसे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजकुमार लिम्बु ५ हजार ३८ मतसहित निर्वाचित हुनुभएको छ ।

लिम्बूका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दलबहादुर मगरले ३ हजार ९९१ मत पाउनुभयो ।

यसैगरी उपाध्यक्षमा पनि नेकपा एमालेकै टंकमाया पाङमी ४ हजार ९८३ मतसहित निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी जसपाका मंगल कुमार लिम्बुले ३ हजार ९८८ मत पाउनुभयो ।

चौबिसेमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि एमालेले नै जितेको थियो ।

यस्तै साँगुरीगढी गाउँपालिकामा कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कुमारजंग याखाले ४ हजार ८२८ मत पाउनुभयो ।साँगुरीगढीको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राई निर्वाचित हुनुभएको छ । राईले ४६५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ९जसपा०का लिलाराज लावतीको पक्षमा ४१३६ मत परेको छ ।