अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शैल्यशिखरमा हाइस दुर्घटना, ३ को मृत्यु

शैल्यशिखरमा हाइस दुर्घटना, ३ को मृत्यु


शैल्यशिखर – शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक लाखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन्।

नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर लग्नका लागि पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिट तल भिरमा खसेको र थप विवरण आउन भने बाँकी रहेको छ।