रुपन्देही – वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा-१० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
एमालेबाट वडा अध्यक्ष निर्वाचित सूर्जमान यादवको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीका अनुसार २५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । वडाध्यक्ष यादवलाई भने केही नभएको केसीले बताउनु भयो ।







प्रतिक्रिया