अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुखको हाँगाले लागेर सिंहदरबारभित्र राष्ट्रिय अनुसन्धानका कर्मचारीको मृत्यु

रुखको हाँगाले लागेर सिंहदरबारभित्र राष्ट्रिय अनुसन्धानका कर्मचारीको मृत्यु


काठमाडौं– हावाहुरीका कारण भाँचिएको रुखको हाँगाले लागेर सिंहदरबारभित्र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का एक कर्मचारीको मृत्यु भएको छ ।

बुधबार राति आएको हावाहुरीका कारण सिंहदरबारभित्र रहेको गुप्तचर कार्यालयको कम्पाउण्डमा रहेको रुखको हाँगा भाँचिएर राअविका सूचक विजय कार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

रुखको हाँगाले लागेर पाल्पा घर भएका २७ वर्षीय सूचक गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो । उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कार्कीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको एसपी मैनालीले बताउनुभयो ।