अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुस्मिता रेग्मीको पक्षमा अखिल अध्यक्ष सुनिता बराल, भन्नुहुन्छ, ‘अब त अति भो !’

सुस्मिता रेग्मीको पक्षमा अखिल अध्यक्ष सुनिता बराल, भन्नुहुन्छ, ‘अब त अति भो !’


काठमाडौं – अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बलात्कारपीडित सुस्मिता रेग्मीको न्यायका लागि सबै एकजुटहुन आह्वान गर्नुभएको छ । ८ वर्षअघि पटक–पटक बलात्कार हुँदा पनि सहन बाध्य भएको भन्दै सुस्मिताले सामाजिक सञ्जालमार्फत न्यायको याचना गर्नुभएको थियो । त्यसपछि बरालले यस्तो आह्वान गर्नुभएको हो । बरालले अब अति भो भन्दै आक्रोशसमेत पोख्नुभएको छ ।

बरालको आक्रोश
छोरीहरू कुनै न कुनै रुपले (शारीरिक, मानसिक, मनोवैज्ञानिक) रूपमा असुरक्षित हुने क्रम रोकिएको छैन । सुन्दरी प्रतियोगिताको सन्दर्भसँग जोडिएर सुस्मिता जी ले उठाउनु भएको विषयले गम्भीर बनाएको छ ।

उहाँ अघि लेख्नुहुन्छ, – सदियौंदेखिको यौनजन्य हिंसाको श्रृंखलाको एउटा कारुणिक यथार्थकै रूप अहिले बहसमा आएको छ, ‘सुष्मिताको अस्मिता लुटिएको’ विषय । ६ महिनासम्म बन्धक बनाएकै शैलीमा गरिएको यो अपराध कुनै कोणबाट क्षम्य छैन ।

घटना अहिले अनुसन्धानको क्रममा छ । आधा दशकभन्दा पछि यो विषय सार्वजनिक भएको छ । अनुसन्धानपछि घटनाको वास्तविकता आउने छ । र, पीडितले न्याय पाउने र यो कुकृत्यमा संलग्नले कानूनी कारबाही भोग्ने सुनिश्चित होस्। यसका लागि सबै सरोकारवालालाई दबाब दिन पनि जरुरी छ ।

सुष्मिताले उठाएको आवाजको विषयमा पक्ष र विपक्षमा होइन, एकमतले न्यायका प्राप्तिको लडाइँमा जुट्नुपर्छ। एकमतले ती अपराधीलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनको आँधी उठाउनुपर्छ । एकसाथ, समाजका यस्ता कलुसित चरित्रलाई परास्त गर्नुपर्छ । त्यसैले सुष्मिताको न्यायको पक्षमा हरेकले आवाज उठाऔं ।

अनुसन्धान, अभियुक्तमाथि कानूनी कारबाही र पीडितको जीवनरक्षा र सुरक्षाका लागि आ–आफ्नो ठाउँबाट सबैले आवाज बुलन्द गरौं । पुचश्चः ‘म कुनै पनि किसिमको हिंसा सहन्नँ। हिंसा हुन दिन्नँ, हिंसा गर्नेलाई कानूनी दायरामा ल्याउन र कानूनी कारबाहीका लागि अघि बढ्छु’ भन्ने भावना र उद्घोषका लागि अघि बढ्न सबैलाई आग्रह गदर्छु ।

महिला हिंसाविरुद्धको लडाइँमा अहिलेसम्म कयौं ठाउँमा व्यक्तिगत रुपमा र मैले नेतृत्व गरेको संगठनको तर्फबाट पुगेकी छु, कानूनी उपचार खोजेर न्याय दिलाइएको छ । र, सुष्मिताको न्यायका खातिर तपाई–हामी एकाकार हुन जरुरी छ । हिंसामुक्त समाज निर्माण गर्ने दायित्व त्यसै पूरा हुँदैन । जागौं, बोलौं र न्यायका निम्ति डटेर लडौं ।