जुम्ला – जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) भुवन भट्टकाअनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५र२० मिटर तल खसेको छ ।







प्रतिक्रिया