अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवाही गोनाहीको मेयर-उपमेयरमा एमाले विजयी

देवाही गोनाहीको मेयर-उपमेयरमा एमाले विजयी


रौतहट – रौतहटको देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै एमालेबाट मेयरका उम्मेदवार प्रेमलाल साह निर्वाचित हुनु भएको छ ।

गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मधुलिका पटेललाई साहले ४९५ मतले हराउनु भएको हो ।

मतपरिणाम अनुसार साहले ४ हजार २९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी जसपाकी पटेलले ३ हजार ३९७ मत पाउनु भएको छ ।

त्यस्तै उपमेयरमा पनि एमालेकी उम्मेदवार परनिया देवी पटेल निर्वाचित हुनु भएको छ । निवर्तमान उपमेयर समेत रहेकी पटेलले गठबन्धनको उम्मेदवार इश्वरीलाल यादवलाई ८६५ मतले पराजित गर्नु भएको हो । पटेलले ४ हजार ४४५ मत पाउँदा यादव ३ हजार ५८० मतमा सीमित भएका हुन्।

यसअघि साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई दोब्बर मतले हराउँदै एमालेकी रीना साह विजयी हुनु भएको थियो ।