अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

इन्धनको मूल्य वृद्धिविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता


काठमाडौं – इन्धनको मूल्य बृद्धिबारे छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसदहरुले दर्ता गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफलको माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनु भएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्तावक रहेको उक्त प्रस्तावलाई एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले समर्थन जनाउनु भएको हो।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विरुद्ध गएर पछिल्लो समय हप्तादिनमित्रै दुई पटक बृद्धि गरिएको भन्दै त्यो फिर्ताको माग उहाँहरूले राख्नु भएको छ ।

सरकारसँग मूल्य वृद्धि न्यूनिकरणका लागि भएका प्रयासबारेका खाका माग गर्न संसद्मा छलफल गर्नुपर्ने पनि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको उल्लेख छ । मूल्य वृद्धिका कारण प्रभावितहरूको जनजीवन सहज बनाउन सरकारका योजनाबारे जानकारी माग गर्न पनि छलफल आवश्यक भएको सांसदहरूको माग छ ।