अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङ प्रेस परियोजना अघि बढाइने

स्याटेलाइट र सेक्युरिटी प्रिन्टिङ प्रेस परियोजना अघि बढाइने


काठमाडौं – सरकारले फेरि आफ्नै भूउपग्रह (स्याटेलाइट) र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै (स्याटेलाइट) राख्ने प्रक्रिया अघि बढाउने उल्लेख छ ।

नेपााल दूरसञ्चार प्राधिकरणले यसअघि अगाडि बढाइएका सबै प्रक्रिया रद्द गरेर स्याटेलाइट परियोजना ‘फ्रिज’ गरेर राखेको छ।

सरकारले सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै २०७६ को असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । सरकारले एक फ्रान्सेली कम्पनीलाई दिने तयारी भए पनि अनियमितताको आरोप लागेपछि आयोजना अन्योलमा परेको थियो ।

अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ वटा कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेस गरेका थिए ।

दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजनहरु विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकोमा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।